Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आरविवि मर्चेन्ट बैंकिङ्गको बार्षिकोत्व भव्यरुपले सम्पन्न

आरविवि मर्चेन्ट बैंकिङ्गको बार्षिकोत्व भव्यरुपले सम्पन्न

अर्थ प्लस
आरविवि मर्चेन्ट बैंकिङ्गको बार्षिकोत्व भव्यरुपले सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापीत आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले संचालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतीत्व कम्पनीको ९औंं वर्ष पूरा गरि १०औं वर्ष मा प्रवेश गरेको उपलक्ष्यमा माघ १५ गते होटेल रोयल सिङ्गीमा आफ्नो बार्षिकोत्व भब्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथीहरु राष्ट्रिय वाणिज्य बैंकका प्रमख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक र अतिथीहरुमा, सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृत तथा यस संस्थाका पूर्व अध्यक्ष कबिराज अधिकारी, नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, आरविवि म्युचुअल फण्डका कोष सुपरिबेक्षक प्रा.डा.डिल्ली राज शर्मा, डा.खोम राज खरेल, ब.अ.सानु राज पोखरेल, सि.ए मधुविर पाण्डे, दुर्गा राज रेग्मी, इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं, संचालकहरु पवन रेग्मी, दुर्गा कुमारी कंडेल, राम कुमार थापा, कृष्ण श्रेष्ठ, नरेश जंग थापा, राष्ट्रिय, बाणिज्य बैंक केन्द्रिय कार्यालयका विभागीय प्रमुख तथा उप प्रमुख, काठमाण्डौ उपत्यका भित्र रहेका रा.वा.बैंकका सम्पुर्ण शाखा प्रमुखहरु, रा.वा.बैंकका उपत्यका बाहिरका शाखा कार्यालयहरु हेटौंडा, सल्लेरी, इटहरी, सुर्खेतका शाखा प्रमुखहरु तथा आरविवि मर्चेन्ट बैंकिङ्ग लि.का कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले कम्पनी ९वौं बर्ष पुरा गरि १०औं बर्षमा ुप्रवेश गरेको उपलक्ष्यमा सुम्पुर्ण उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य दिनुका साथै कम्पनीको ९ वर्षमा भएका कार्य प्रगतीमा संस्थाको आ.व २०७३÷७४ मा ०.३५रुपैयाँ ईपीएस रहेकोमा २०८०÷८१ मा १९.०७ रुपैयाँ प्रति शेयर ईपीएस कायम भएको छ । साथै, आ.व २०७३÷७४ मा १००.७५ रुपैयाँ नेट वर्थ रहेको मा आ.व २०८०÷८१ मा १२८.०५ रहेको छ । कुल आयमा आर्थिक वर्ष २०७३÷७४ देखि आ.व २०८०÷८१ मा आइपुग्दा २०१% वुद्धि भएको र खुद मुनाफामा ६६०% बृद्धि गरि आ.व.२०८०÷८१ मा १८% नगद लाभांश समेत गरि कुल ५३.६६% नगद लाभांश राष्ट्रिय वाणिज्य बैंक लि.लाई दिएको छ । यसरी समग्र रुपमा आर्थिक प्रगतीका सूचकांकहरुलाई हेर्दा कम्पनीको मुनाफामा उल्लेख्य बृद्धि भएको छ । प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल द्धारा कम्पनीको भावी योजना, कम्पनीका चुनौतीको बारेमा समेत प्रस्तुत गर्नु भयो ।

सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक लि.का शाखा कार्यलयहरु मध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने १० वटा शाखा कार्यालयहरु, बानेश्वर, कीर्तिपुर, ईटहरी, चरिकोट, ललितपुर, नक्साल, सल्लेरी, सुर्खेत, हेटौडा, बालाजु शाखाहरुका शाखा प्रमुखहरुलाई प्रमुख अतिथी तथा सभाका सभापती बाट सम्मान पत्रका साथै खादा लगाएर सम्मान गरियो । साथै, सभाका सभापती तथा प्रमुख कार्यकारी अधिकृत बाट संस्थाका २ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पत्रका साथै नगद पुरस्कार द्धारा सम्मान गरियो ।

सम्बन्धित समाचार