Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आईफोन १६

‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आईफोन १६

अर्थ प्लस
‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आईफोन १६

काठमाडौं, माघ २० । विदेशबाट नेपालमा रहेका आफन्तलाई आईएमई मार्फत रकम पठाउने तीन जना भाग्यशाली विजेताले आईफोन १६ प्राप्त गरेका छन् । आईफोन १६ प्राप्त गर्नेमा रुमानियाबाट ज्ञानेन्द्रप्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगर रहेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच आईएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत विजेता घोषणा गरेकी हुन् । ‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गत असोज, कात्तिक र मंसिर महिनाको विजेता छनोट गरिएको हो ।

यो योजनामा आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये थप ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।

दोस्रो चरणको योजना अन्तर्गत २०८१ पुसदेखि २०८२ साउनसम्म जारी रहने र यस योजनामा पनि तीन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । आईएमई गरी आईएमई पे वालेट,बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।

आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।

सम्बन्धित समाचार