Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एसके इनर्जीले २० करोड ८० लाखको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एसके इनर्जीले २० करोड ८० लाखको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

अर्थ प्लस
एसके इनर्जीले २० करोड ८० लाखको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं, माघ २८ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यमा २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख रुपैयाँको आइपीओ जारी गर्नेछ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा इनर्जीका अध्यक्ष वीर बहादुर राई र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

इनर्जीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार