Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेपाल ल्यूव आयलको विशेष साधारणसभाबाट एफपिओ रद्द, हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित

नेपाल ल्यूव आयलको विशेष साधारणसभाबाट एफपिओ रद्द, हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित

अर्थ प्लस
नेपाल ल्यूव आयलको विशेष साधारणसभाबाट एफपिओ रद्द, हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित

काठमाडौं, माघ २९ । नेपाल ल्यूव आयल लिमिटेडको आज द प्लाजा पुल्चोक ललितपुरमा सम्पन्न विशेष साधारणसभाबाट हकप्रद निश्कासनको प्रस्ताव पारित भएको छ । सभाले यस अघि गत आश्विन १८ गते सम्पन्न ३३ बार्षिक साधारणसभाबाट पारित भएको  एफपिओ निश्कासनको प्रस्ताव भने रद्द गरेको छ । कम्पनीले हाल कायम रहेको साधारण सेयर संख्याको आधारमा १:२ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।

सभाबाट कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने र कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य विभिन्न नियामक निकायहरुमा आवश्यक विवरण पेश गरी स्वीकृती लिन सक्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसै गरी सभाबाट कम्पनीले लूव्रिकेन्ट्स बाहेकका अन्य Component को व्यापार व्यवसायको निमित्त कम्पनीको पूर्ण स्वामित्वमा २ वटा कम्पनी गठन गर्ने र सोको प्रबन्ध पत्र, नियमावली, संचालक समितिको सदस्य, पदाधिकारी र अधिकृत पूँजी , जारी पूँजी एवंम् चूक्ता पुँजी कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभामा आधा दर्जन सेयरधनीहरुले मन्तव्य राखेका थिए । सभामा बोल्ने अधिकांश सेयरधनीले कम्पनीको प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत करण कुमार चौधरीको खुलेर प्रसंशा गरेका थिए । 

 

 

सम्बन्धित समाचार