Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आइएमई पे र खल्ती मर्जरमा जाँदै, नयाँ कम्पनी ‘आइएमई खल्ती’ बन्ने

आइएमई पे र खल्ती मर्जरमा जाँदै, नयाँ कम्पनी ‘आइएमई खल्ती’ बन्ने

अर्थ प्लस
आइएमई पे र खल्ती मर्जरमा जाँदै, नयाँ कम्पनी ‘आइएमई खल्ती’ बन्ने

काठमाडाैं, फागुन ४ । भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई पे र खल्तीबीच सैद्धान्तिक सहमति पश्चात मर्जर प्रक्रिया अघि बढेको छ । मर्जरपछि नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ राखिने जनाइएको छ ।

आइएमई समूहको सेयर हिस्सा बढी रहने बताइएको भए पनि मर्जरको लागि सेयर अनुपातको टुंगो भने अझै बाँकी छ ।

आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ । आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व छ ।

खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ ।

सम्बन्धित समाचार