Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेपालमा एमसीसीका सबै परियोजना स्थगित

नेपालमा एमसीसीका सबै परियोजना स्थगित

अर्थ प्लस
नेपालमा एमसीसीका सबै परियोजना स्थगित

काठमाडौं, फागुन ६ । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना स्थगित भएको छ।

एमसीसीले इमेल लेखेर परियोजना स्थगित भएको अर्थ मन्त्रालयलाई जानकारी गराएको छ। अर्थ मन्त्रालयका अनुसार फागुन २ गते एमसीसीले इमेल लेखेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा गरिने आर्थिक सहयोगमा रोक लगाएसँगै एमसीसी परियोजना पनि प्रभावित भएको हो।

अर्थ मन्त्रालयले राष्ट्रपति ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशबमोजिम एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जनाएको छ।

नेपाल सरकार र अमेरिकाबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो।

सम्बन्धित समाचार