Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

राष्ट्र बैंकद्वारा मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज

राष्ट्र बैंकद्वारा मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज

अर्थ प्लस
राष्ट्र बैंकद्वारा मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज

काठमाडौं , फागुन ९ । मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज भएको छ । उसले सेवा प्रदायकको अनुमति नबिकरण नगरिएको केन्द्रिय बैंकले भनेको छ । नेपाल पेटाइमले भुक्तानी सेवा प्रदायकको रुपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजतपत्र लिएको थियो ।

लामो समयदेखि सेवा बन्द गरेको, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै यसको इजाजतपत्र राष्ट्र बैंकले खारेज गरिदिएको हो । राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गरेर कसैको लेनदेन भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न केन्द्रिय बैंकले भनेको छ ।

राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएका व्यवहोरा सहितको सूचना सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार