Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

बास्किन रोबिन्सले गर्यो काठमाडौंको वसन्तपुरमा आफ्नो ३४औँ शाखाको उद्घाटन

बास्किन रोबिन्सले गर्यो काठमाडौंको वसन्तपुरमा आफ्नो ३४औँ शाखाको उद्घाटन

अर्थ प्लस
बास्किन रोबिन्सले गर्यो काठमाडौंको वसन्तपुरमा आफ्नो ३४औँ शाखाको उद्घाटन

काठमाडौं । विश्व प्रसिद्ध आइसक्रिम ब्रान्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखाको उद्घाटन गरेको छ । कम्पनीले काठमाडौंको ऐतिहासिक स्थान वसन्तपुरमा औपचारिक रूपमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेसनल इन्कर्पोरेटेडको यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो ।

यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुसी बाँड्ने यात्रामा अर्को महत्त्वपूर्ण कदम चालेको कम्पनीको भनाइ छ ।

सहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानमध्ये एकमा ल्याएको छ ।

उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडी परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरिएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत श्री डीन आर. थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । उहाँहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रतिष्ठित र रोमाञ्चक बनायो ।

बास्किन रोबिन्स आफ्नो ग्राहकहरूलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरुको साथ खुशी दिन समर्पित छ । यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराईएका फ्लेबरहरु र गुणस्तरीय आइसक्रिमहरुको स्वाद दिँदै अघि बढिरहेको छ ।

ग्राहकहरूलाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्न वसन्तपुरको नयाँ शाखा अब खुलिसकेको छ । चाहे त्यो मनपर्ने प्रचलित फ्लेबर होस् वा नयाँ फ्लेबर, बास्किन रोबिन्स नेपालका आइसक्रिम प्रेमीहरूको पहिलो रोजाइ बनेको छ ।

सम्बन्धित समाचार