Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

रियलमी सि ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै

रियलमी सि ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै

अर्थ प्लस
रियलमी सि ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै

२०८१ फागुन १३ गते

काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउने भएको छ।

६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामराका साथै ४५ वाटको सबैभन्दा छिटो सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन फिनिसका साथ आउने यस रियलमी सि ६३को ८+१२८ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ।

फास्ट चार्जिङ र स्लिम डिजाइन

४५ वाटको सुपरभोक चार्जर र ५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको यस रियलमी सि ६३ लाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ। ३८ दिनको स्ट्याण्ड–बाइ–टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ।

७.७४ मिमीको अल्ट्रा–स्लिम बडी रहेको रियलमी सि ६३ यस वर्गकै सबैभन्दा पातलो स्मार्टफोन हो। लेदर ब्लू र जेड ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा रहेको प्रिमियम भिगन लेदर फिनिशले फोनलाई आकर्षक मात्र होइन, टिकाउ समेत बनाएको छ। साथै म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ।

पावरफुल पर्फमेन्स र स्मार्ट फिचर्स

अक्टा–कोर चिपसेट भएको यो स्मार्टफोनमा ८ जीबीको डाइनामिक र्‍याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ जसले मल्टी टास्किङ गर्न सजिलो हुन्छ। यसमा भएको एयर जेस्चर प्रविधिले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ।

थप सहजताका लागि डायनामिक बटनले सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्रालाई थप सुरक्षित बनाउँछ। एआई नोइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सि ६३ ले वरपरको आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लियर कलको अनुभव दिन्छ।

३८ प्रकारको चार्ज प्रोटेक्सन र स्मार्ट चार्ज टेक्नोलोजीका साथ उपलब्ध हुने यो स्मार्टफोन छिटो मात्र होइन सुरक्षित पनि छ। विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले दिनभर गेमिङ, स्ट्रिमिङ वा कामका लागि आवश्यक पावर उपलब्ध गराउँछ।

वर्षौँसम्म टिक्ने डिजाइन

रियलमी सि ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ। यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ। अक्टा–कोर चिपसेटको पावर र ८+१२८ जिबिको डाइनामिक र्‍याम र १२८ जिबिको रोम भएकोले यस फोनमा पर्याप्त स्टोरेज हुनुको साथै मल्टी टास्किङ पनि सहज हुन्छ।

अप्टिमाइज्ड गेमिङ र प्रभावकारी मल्टिटास्किङको लागि रियलमी सि ६३ मा एआइ बुस्ट प्रविधी रहेको छ भने स्मूथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ। त्यस्तै गेम बुस्टले गेमिङको स्टेबिलिटीमा १०% ले सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ।

६.७४ इन्चको रियलमी सी ६३ मा ९० हर्जको आई कम्फर्ट डिस्प्ले रहेकोले जीवन्त दृश्यहरू देख्न पाइनुको साथै आँखामा पनि कम स्ट्रेस पर्छ। उत्कृष्ट अडियो अनुभवका लागि २००% क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको छ।

सम्बन्धित समाचार