Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

भायानेटको ‘साम्बा प्याक’ – उच्च गतिको इन्टरनेट, अब फुटबल स्टार साम्बाको जोशका साथ!

भायानेटको ‘साम्बा प्याक’ – उच्च गतिको इन्टरनेट, अब फुटबल स्टार साम्बाको जोशका साथ!

अर्थ प्लस
भायानेटको ‘साम्बा प्याक’ – उच्च गतिको इन्टरनेट, अब फुटबल स्टार साम्बाको जोशका साथ!

काठमाडौं, फागुन २५ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेड ले नयाँ इन्टरनेट योजना ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। महिला राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी साम्बा बाट प्रेरित यो प्याक उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको छ।

यस योजनाअन्तर्गत ५० Mbps, १०० Mbps, २०० Mbps, र ३०० Mbps का इन्टरनेट विकल्प उपलब्ध छन्। विशेषगरी, १०० Mbps वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० Mbps को मूल्य रु. ८,५०० (कर सहित) बाट सुरु हुनेछ।

महिला खेलाडीलाई सम्मान र उच्चस्तरीय इन्टरनेटको प्रतिबद्धता
भायानेटले साम्बासँगको सहकार्यलाई गर्वको विषय बताएको छ। साम्बाको प्रतिबद्धता, दृढता, र उत्कृष्टता ‘साम्बा प्याक’ का मुख्य विशेषता हुन् – गति, शक्ति, र भरपर्दोपन। यो सहकार्य भायानेटको महिला खेलकुदप्रति समर्थन र गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धता झल्काउने महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ।  

‘साम्बा प्याक’ मर्च ९, २०२५ बाट सार्वजनिक हुने
भायानेटको नयाँ योजना मर्च ९, २०२५ बाट उपलब्ध हुनेछ। ग्राहकहरूले थप जानकारीका लागि www.vianet.com.np मा जान सक्नेछन् वा भायानेटका सामाजिक सञ्जालहरूमा अनुसरण गर्न सक्नेछन्।

भायानेट कम्युनिकेशन लिमिटेडको बारेमा

नेपालका अग्रणी फाइबर इन्टरनेट सेवा प्रदायक मध्ये एक भायानेट ले उच्च गति, भरपर्दो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। कम्पनीले नवीनतम प्रविधिहरूको प्रयोग गर्दै डिजिटल युगमा व्यक्तिहरू र व्यवसायहरूलाई सक्षम बनाउन निरन्तर प्रयास गरिरहेको छ।

सम्बन्धित समाचार