Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

कजारियाको नयाँ सोरुम सहिद चोक धनगढीमा उद्घाटन

कजारियाको नयाँ सोरुम सहिद चोक धनगढीमा उद्घाटन

अर्थ प्लस
कजारियाको नयाँ सोरुम सहिद चोक धनगढीमा उद्घाटन

सोमबार, १८ चैत्र २०८१
काठमाडौं । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै धनगढीको सहिद चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । गोदावरी टाइल एण्ड मार्बल द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिमा विराज भट्ट, विशिष्ट अतिथिमा चक्र बम र अतिथिमा धनगढी उद्योग वाणिज्य संघको पधादिकारीको उपस्थिति रहेको थियो । साथै, कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो । यस अवसरलाई विशेष बनाउन प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे ।

समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साहव्यक्त गरे । उनले भने, “धनगढी कजारियाका लागि एक महत्वपूर्ण बजार हो र यो सोरुमले हामीलाई हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ । हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।”

dsc04014_QBpJOEe7ta.jpg
undefined

धनगढीको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो । रमेशकर्प र भारतको अग्रणी टायल उत्पादककजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चापदार्थ प्रयोग गरी वार्षिक ५२ लाखवर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ । साथै स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

सम्बन्धित समाचार