Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने

काठमाडौँ, फाल्गुण ६ । एलएस (लक्ष्मी सनराइज) क्यापिटल(LSCL) कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले(LSEF) पुवा खोला–वान हाइड्रोपावर लिमिटेड(PKHL)मा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको छ ।

उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन् ।

विशिष्टीकृत लगानी कोष नियमावलि २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये एलएस (लक्ष्मी सनराइज) क्यापिटल एक हो । (लक्ष्मी सनराइज) क्यापिटको पहिलो प्राइभेट इक्विटी कोष हो।  एलएसइएफ कोषको आकार १ अर्व रूपैयाँ रहेको छ । एलएसइएफ बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष हो । एलएस (लक्ष्मी सनराइज) क्यापिटल मर्चन्ट बैंक मध्ये प्राइभेट इक्विटी कोष खोल्न स्वीकृति प्राप्त गरी लगानी गर्ने पहिलो मध्येको एक मर्चेन्ट बैंक हो । यो कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।

जिम्मेवार लगानीको प्रतिवद्धताको थप प्रमाणको रूपमा, एल एस क्यापिटल प्रभाव व्यवस्थापनका लागि सञ्चालन इम्प्याक्ट म्यानेजमेन्ट (Impact Principles) को एक हस्ताक्षरकर्ता हो । जसले प्रभावकारी लगानी बजारमा अनुशासन, पारदर्शिता र विश्वसनीयता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पु¥याउँछ । इम्प्याक्ट प्रिन्शिपलको पहिलो सचिवालय इन्टरनेशनल फाइनान्स कर्पाेरेशन(IFC)ले आयोजना गरेको छ ।

सम्बन्धित समाचार