Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

भोलिबाट देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव

भोलिबाट देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव

अर्थ प्लस
भोलिबाट देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव

विहीबार, २८ चैत्र २०८१
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिंङ्ग प्रा.लि.ले नयाँ वर्ष २०८२ अवसरमा “नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” को घोषणा गरेको छ । यही चैत्र २९ देखी वैशाख २ गते सम्म सञ्चालन हुने यस योजना अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो. इभी, पन्च. इभी, नेक्सन के ३. इभी, र कर्भ. इभी एक्सचेन्ज गर्न सकिनेछ ।

“नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” मा आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ इभी खरिद गर्ने ग्राहकहरुले २० प्रतिशत डाउनपेमेन्टमै गाडीहरु खरिद गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिबग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिंङ्ग, निःशुल्क चार्जिंब्ग बक्स (जडान सहित) एवं निःशुल्क एभिटी सहित हरेक बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने छन्।

यस्तै, सो अवसरमा ग्राहकमहानुभावहरुले नेपाल भर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने छ ।

सम्बन्धित समाचार