Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ डेलिभरी

नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ डेलिभरी

अर्थ प्लस
नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ डेलिभरी

काठमाडौं, वैशाख १ । एमएडब्लू वृद्धि अटोकर्पले ‘ट्रान्सफर्मर एसयूभी’ भनेर चिनिने ‘दिपल ई०७’ को औचपारिक डेलिभरी सुरु गरेको छ । अब ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ का ग्राहकले ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको एसयूभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

एउटा बटन थिच्ने बित्तिकै ‘लक्जरियस एसयूभी’ बाट सजिलैसँग बहुउपयोगी ‘पिकअप ट्रक’ र ‘क्याम्पिङ भेहिकल’ मा परिणत हुन सक्ने अनौठो क्षमता भएको दिपल ई०७ ले सार्वजनिक भएपछि नेपाली अटोमोबाइल जगतमा गजबको उत्साह सञ्चार भएको थियो ।

‘इन्डस्ट्री फर्स्ट’ फिचर, ‘कटिंग एज’ प्रविधि र अद्वितीय पर्फर्मेन्स भएको ई०७ ले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको थियो ।

‘रियर ह्विल ड्राइभ’ र ‘अल ह्विल ड्राइभ’ दुवै भेरियन्टमा उपलब्ध हुने दिपल ई०७ ले बेजोड पावर र पर्फर्मेन्स प्रदान गर्छ । हाललाई रियर ह्विल ड्राइभको डेलिभरी सुरु भएको हो ।

रियर ह्विल ड्राइभमा १९० किलोवाटको मोटर जडान गरिएको छ । २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले सिंगल चार्जमा ५ सय ६६ किलोमिटरको रेन्ज दिन्छ ।

‘हामीले ई०७ लाई नेपालमा सार्वजनिक गरेपछि बुकिङ सुरु गरेका थियौं । बजारबाट हामीले एकदमै राम्रो प्रतिक्रिया पाएका छौं,’ एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत (सीई) रुपेश शर्मा भट्टले भने, ‘बुकिङ गरेका ग्राहकको पहिलो ब्याचलाई डेलिभरी दिइसकेका छौं । हामी ग्राहकको साथ र विश्वासका लागि धन्यवाद दिन चाहन्छौं र विश्वस्तरीय उत्पादन नेपाली बजारमा ल्याउन प्रतिबद्ध छौं ।’

डेढ महिनादेखि कुरिरहेका ग्राहकलाई अन्ततः एमएडब्लू वृद्धिले ‘अटोमोबाइल मार्भेल’ ई०७ को डेलिभरी दिएको हो । दिपल ई०७ ले एडभेन्चरको कन्सेप्टलाई नै पुनर्परिभाषित गरिदिएको छ । अब भने ट्रान्सफर्मर क्षमता र अद्वितीय लक्जरीले भरिएको ई०७ नेपाली ग्राहकले अनुभव गर्न पाउने भएका छन् ।

दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिङ एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउने कम्पनीको दाबी छ ।

सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्रुज असिस्ट’, ४ वटा ‘पार्किङ असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिङ’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किङ आदि सहज बनाउँछ ।

सम्बन्धित समाचार