Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

'धरमर' नेपाल लाइफ इन्स्योरेन्स: कुनै समयको ब्लु चिप, कसरी फर्काउला गुमाएको साख?

'धरमर' नेपाल लाइफ इन्स्योरेन्स: कुनै समयको ब्लु चिप, कसरी फर्काउला गुमाएको साख?

'धरमर' नेपाल लाइफ इन्स्योरेन्स: कुनै समयको ब्लु चिप, कसरी फर्काउला गुमाएको साख?

नेपाल लाइफ इन्स्योरेन्सले निरन्तर केहि वर्ष यता आफ्ना सेयरधनीहरुलाई निराश बनाउँदै आएको छ। कुनै समय लगानीकर्ताको ब्लु चिप कम्पनीको रुपमा चिनेन नेपाल लाइफ इन्स्योरेन्सले अहिले आफ्नो विगतको साख गुमाईसकेको छ। 

अझ यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश नबाँड्ने निर्णय गरेपछ्यात कम्पनीले आफ्नो निराश सेयरधनीलाई घाउमा नुन थप्ने काम गरेको छ। विगतका केहि वर्ष देखि यस कम्पनीको लाभासं निरन्तर घट्दै आएको छ। 

कुनै समय आफ्ना सेयरधनीलाई १२१.३६ प्रतिशत सम्म लाभांस दिएको नेपाल लाइफले अहिले आफ्ना सेयरधनीलाई खालि हात बनाएको छ। २०६८/६९ देखि लगातार हरेक वर्ष आफ्ना सेयरधनीलाई केहि न केहि दिएको कम्पनी अहिले आएर केहि दिन नसक्ने बनेको छ। 

अघिल्लो दुई आर्थिक वर्षमा पनि इतिहासकै कमजोर लाभांश वितरण गरेको नेपाल लाइफ इन्स्योरेन्सका पछिल्ला वर्षमा  वित्तीय सूचक कमजोर माथि कमजोर बन्न पुगेका छन्। 

तेती मात्र नभई नेपाल लाइफको संस्थागत सुशासनको अझ फितलो हुदैँ गएको छ। जसका कारण पनि बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको कारवाहीको निशानामा पटक पटक कम्पनी पर्दै गएको छ। केहि समय अगाडी मात्र प्राधिकरणले दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो । पहिलो त्रैमासिक अवधिको कारोबार सम्बन्धमा स्थलगत अध्ययनका क्रममा अन साइट इन्स्पेक्शन टोलीले दिएको प्रतिवेदनका आधारमा उक्त कारबाही गरिएको थियो। तेती मात्र नभई प्राधिकरणले विभिन्न समयमा यस कम्पनीलाई केरकार गरि नै रहेको पाइएको छ। 

अर्को नियामक नेपाल धितोपत्र बोर्डले पनि समयमै वित्तीय विवरण नबुझाउने मध्य एक नेपाल लाइफ ठहर गरेर  गत कात्तिक २० गते पत्र काट्दै १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।

तेस्तै अत्यधिक घाटा भएको भन्दै नेपाल लाइफले आफ्ना बीमालेख बिक्री बन्द गरेको थियो। 

नेपाल बीमा प्राधिकरणबाट स्वीकृती लिई सकेको बीमालेखको कुनै पनि सुविधा, शर्त वा प्रावधानलाई निष्तेज गर्ने वा स्थगन गर्ने अधिकार नेपाल लाइफसँग हुदैंन। बिमा लेखको प्रावधानमा कुनै परिवर्तन गर्नुपरेमा वा बीमालेखको बिक्री बन्द गर्नुपरेमा प्राधिकरणबाट अनिवार्यरुपमा लिखित स्वीकृती लिनु पर्नेले कम्पनीले नलिदा नेपाल लाइफको कर्पोरेट अनुशासन माथि प्रश्न उठेको थियो। 

नेपाल लाइफको फितलो व्यस्थापन, निरन्तर विवादित गतिविधि र फितलो प्रदर्शनका कारण सेयरबजारमा यस कम्पनीलाई लगानीकर्ताले हेर्ने नजर पनि विगतका वर्षमा बिग्रेको छ जुन कम्पनीको इतिहासको मूल्य र अहिलेको मुल्य तुलना गर्दा पनि देखिन्छ। 

कुनै समय दुई हजारको वरिपरि सम्म पुगेको कम्पनीको अघिल्लो वर्षहरुमा फितलो प्रदर्शनका कारण अहिले मुल्य ६३० रुपैयाँको आशपाश आएको छ।  कम्पनीको इतिहास हेरेर कम्पनीमा लगानीकर्ताहरुलाई बजारमा कम्पनीका सेयरको निरन्तर गिरावटले तनाबमा कम्पनी लाभासं दिन नसक्ने भनेर घोषणा गर्ने अवस्थामा आइपुग्दा कम्पनी प्रति लगानीकर्ता र ग्राहकहरुको विश्वास गुम्दै गएको देखिन्छ। 

सम्बन्धित समाचार