Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मैदा उद्योग संघ र एग्रिवाच कम्पनीबीच सम्झौता

मैदा उद्योग संघ र एग्रिवाच कम्पनीबीच सम्झौता

अर्थ प्लस
मैदा उद्योग संघ र एग्रिवाच कम्पनीबीच सम्झौता

काठमाडाैं, वैशाख १५ । नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श सेवा प्रदान गर्न सम्झौता भएको छ । संघको २४औं वार्षिक साधारणसभामा उक्त सम्झौता भएको हो ।

एग्रिवाचले भूउपग्रह (स्याटेलाइट) प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्ने सम्झौता भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा संघ अध्यक्ष कुमुद दुगड र एग्रिवाचका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतबाट नेपालको कृषि बजार सूचना र विश्लेषण, अनुसन्धान र परामर्श, कृषि निवेश अध्ययन र सल्लाह, डिजिटल कृषि समाधानबारे एग्रिवाचले अद्यावधिक जानकारी प्रदान गर्ने छ ।

 

सम्बन्धित समाचार