Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ

अर्थ प्लस
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ

मंगलबार, २३ बैशाख २०८२
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयर को धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ। पञ्चकन्या बाथवेयरले प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ । 

धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रमलाई स्थानीय व्यवसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थितिले अझ भव्य बनायो ।

पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूबारे प्रकाश पारे ।

पञ्चकन्या बाथवेयरका सेल्स हेड श्री बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिए।

सम्बन्धित समाचार