Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

प्रतिकित्ता १८० रुपैयाँमा सिटिजन्स क्यापिटलको संस्थापक शेयर बिक्रीमा

प्रतिकित्ता १८० रुपैयाँमा सिटिजन्स क्यापिटलको संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
प्रतिकित्ता १८० रुपैयाँमा सिटिजन्स क्यापिटलको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ , वैशाख २४ । सिटिजन्स क्यापिटल लिमिटेडले संस्थापक शेयरधनी प्रसिद्ध बहादुर पाण्डेको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकिएको छ।

सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ता र सोको रकम समेत खुलाएर निवेदन दिनु पर्नेछ।

सम्बन्धित समाचार