काठमाडौं, वैशाख ३० । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । निफ्रालाई प्रतिकित्ता १ हजार रुपैयाँकादरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कुल इकाईमध्ये २ अर्ब रुपैयाँको २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ ।
बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संस्थाहरुलाई बिक्री गर्नेछ । निफ्राले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “६% निफ्रा उर्जा ऋणपत्र – २०८८/८९” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
