Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने

अर्थ प्लस
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने

बिहीबार, जेठ ८, २०८२,

काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक ‘मोबिलिटी एक्स्पो’ गर्ने भएको छ ।

साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ हुन लागेको हो । एक्स्पोका लागि ४४ स्टलको व्यवस्थापन भए पनि हालसम्म ४८ स्टल बुकिङको निवदेन परेको नाइमाले जनाएको छ । जसका कारण स्टल थप गर्र्नुपर्ने अवस्था समेत आएको छ ।

मोबिलिटी एक्स्पोमा ४ पाङ्ग्रे ब्रान्डहरू बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, कार्र्ई, किया, लिप मोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेक्को, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर सहभागी हुनेछन् ।

यस्तै दुई पाङ्ग्रे सवारी साधनमा एम्पिएर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरे, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रेभोल्ट, रोयल इनफिल्ड, सेगवेनाइनबट, सुजुकी ट्रियुम्फ, टीभीएस, अल्ट्राभायलेट, यद्दा, जेइयो ब्रान्ड छन् ।

यस्तै कमर्सियल गाडीमा चेरीवान्दा, डोङफेङ, फरिजोन, हुवाजी, कामा, कारे, किङलङ, सनलङ जस्ता ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले गर्दै आएको नाडा अटो शोको काउन्टरमा भर्खरै खुलेको नाइमाले मोबिलिटी एक्स्पो गर्न लागेको हो ।

“नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ, “NAIMA" की संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् । हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई  एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं, उनले थपिन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्नेछ । यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ ।

सम्बन्धित समाचार