Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

अर्थ प्लस
इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

मंगलबार, १३ जेठ २०८२
काठमाडौं । भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष  अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ‘नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ ।

जेठ ११ बाट सुरु भएको अभियान साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर संचालन गरिने कम्पनीले जनाएको छ । यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ। यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ । यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्नेछन् ।

अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन्। उनीहरूले अन्तरक्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू, र २–मिनेट च्यालेन्ज, कूल कूल पर्फमेन्स जस्ता विभिन्न खेलहरू मार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन् ।

यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजार भन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ, जसमा १२ हजार भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजार भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन् ।

नवरत्न तेलका ब्रान्ड म्यानेजर बिकास तिवारीले भने,‘नवरत्न बीट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउँनेछ, जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । हामी विश्वास गर्छौं कि उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय सहयात्रीको रूपमा अझ स्थापित गर्नेछ ।’

सम्बन्धित समाचार