Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मीड इयर सेलको घोषणा

दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मीड इयर सेलको घोषणा

अर्थ प्लस
दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मीड इयर सेलको घोषणा

विहीबार, २२ जेठ २०८२
काठमाडौं । नेपालको अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ६.६ मेगा मीड इयर सेलकोे घोषणा गरेको छ । मेगा मीड इयर सेलमा ८०% सम्मको बृहत् छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ ।

यो धमाकादार सेल जेठ २३ गतेदेखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ । ६.६ मेगा मीड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६% सम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ ।

यस अन्तर्गत प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११% सम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५०% सम्मको छुट र सिल्भर ब्रान्डहरू ¥होटो र न्यानो डायपर्सको. ४०% सम्मको छुटको व्यवस्था गरिएको छ ।

६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्यास सेल अभियान रहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभलिन सक्नु हुनेछ ।

दराजले यसपटकको सेललाई छुटहरूका लागि अवसरका रूपमा मात्र नभई शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरू, एड टु कार्ट एन्ड विन र बाई एन्ड विनको व्यवस्था गरेको छ । यस उपहार योजनाअन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरू प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

एड टु कार्ट एन्ड विनअन्तर्गत रु. १० हजार भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जना भाग्यशाली विजेताहरूको  छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई रु. ९ हजार सम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसै गरी, बाई एन्ड विनअन्तर्गत कम्तीमा रु. ५ हजार को सामग्री खरिद गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यमानी विजेतालाई रु. ५२ हजार बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

यसरी वेस्ट प्राइस ट्याग भएका उत्पादनहरू कुनै उपभोक्ताले नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पारेमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने व्यवस्था गरेको छ । यसका साथै, दराजले अनलाइन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ ।

१४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लगइन गर्नु पर्ने हुन्छ । त्यसपश्चात् रिटर्न/रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरु गर्नुपर्दछ । फिर्ताको कारण उल्लेख गरी,  रिटर्न शिपमेन्ट टाइप चयन गर्नुपर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नेछन् ।

यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ ।

सम्बन्धित समाचार