Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आईएमई हस्पिटालिटीका होटलहरूमा SCT–UPI कार्डबाट भुक्तानी गर्दा विशेष छुट

आईएमई हस्पिटालिटीका होटलहरूमा SCT–UPI कार्डबाट भुक्तानी गर्दा विशेष छुट

अर्थ प्लस
आईएमई हस्पिटालिटीका होटलहरूमा SCT–UPI कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौँ, जेठ २८ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटी (IME Hospitality) बिच SCT-UPI कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ । 

यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाट स्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा SCT–UPI कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनछन् । रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
 
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । 

यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् । 

सम्बन्धित समाचार