Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम

सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम

अर्थ प्लस
सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम

नेपालमा गणित शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले सुरु गरिएको  Entrepreneurial Math कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई गणित र उद्यमशीलतालाई एकसाथ जोड्ने अवसर प्रदान गरिरहेको छ ।  

Embark UnMath Pvt Ltd. द्वारा विकसित यो एक वर्षे कार्यक्रमले विद्यार्थीहरूलाई व्यापारिक योजना निर्माण, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा अध्ययन जस्ता क्षेत्रमा गणितको प्रयोग गराउन विशेष जोड दिन्छ ।
पारम्परिक कक्षाकोठाको चौकठबाट बाहिर निस्कँदै, यो कार्यक्रम विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव दिलाउने खालको छ । गणितलाई केवल अंकगणना वा समीकरणमा सीमित नराखी, त्यसलाई जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अभ्यास यसमा गराइन्छ ।

कार्यक्रमको संरचना
३० कार्यदिवसमा समेटिएको यो कार्यक्रम ६ चरणमा विभाजित छ। प्रारम्भमा विद्यार्थीहरूलाई स्टार्टअप सोच, बजारको प्राथमिक बुझाइ र उद्यमशील अवधारणामा आधारित प्रतिस्पर्धात्मक विश्लेषण गराइन्छ । यस क्रममा उनीहरूले आफ्ना व्यावसायिक विचारहरू स्थापित उद्यमीहरूसँग संवाद गर्दै परिष्कृत गर्छन् ।

त्यसपछि सामथ्र्य (feasibility) र व्यावहारिकता (viability) को मूल्याङ्कन, टिम निर्माण, र सम्पूर्ण व्यावसायिक मोडेल तयार पार्ने चरणमा पुगिन्छ। विद्यार्थीहरू आफैँले बनाएको व्यापारिक अवधारणालाई व्यावसायिक योजनाको रूपमा प्रस्तुत गर्न सिक्छन् ।
Startup Fest २०२५ डिसेम्बरमा आयोजना हुने æStartup Fest @)@%“ मार्फत विद्यार्थीहरूले आफैँले निर्माण गरेका उत्पादन तथा सेवाहरू पिच (pitch) गर्ने, बिक्री गर्ने र बजारको वास्तविक अनुभव लिने अवसर पाउनेछन् ।कार्यक्रममा सिकाइको समिक्षा, उपलब्धिको मूल्याङ्कन र भविष्यका योजनाहरू तयार पारिनेछ । यस अवधिभर विद्यार्थीहरूले वित्तीय योजना, लगानीको मूल्याङ्कन, समस्या समाधान, बजार विश्लेषण लगायतका विषयमा अभ्यास गरेर गणितको व्यवहारिक पक्षमा गहिरो दक्षता हासिल गर्नेछन् ।

शिक्षामा रूपान्तरणको संकेत
Prototype विकास,  pre–revenue योजना, उद्योग विशेषज्ञहरूसँग अन्तरक्रिया जस्ता अभ्यासहरूले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, र उद्यमशील सोचलाई मजबुत बनाउँछ । यस्तो किसिमको सिकाइले परीक्षामुखी शिक्षाभन्दा बाहिर गएर जीवनोपयोगी सीप र दृष्टिकोणको विकासमा टेवा पु¥याउँछ । हालसम्म संस्कृति इन्टरनेशनल स्कूल, यूरो स्कूल हत्तिगौंडा र आलोक विद्याश्रम जस्ता शिक्षालयहरूले यो कार्यक्रम सञ्चालन गरिसकेका छन् । यसले के देखाउँछ भने, नेपालमै नविन, व्यवहारिक र सान्दर्भिक शिक्षाको अभ्यास सम्भव छ । विदेश जानु महँगो विकल्प बन्ने अवस्थामा, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई यहाँकै अवसरको खोजी गर्न प्रेरित गर्दै देशको आर्थिक रूपान्तरणमा सक्रिय बनाउन सक्छ ।
सहभागिताका लागि

Entrepreneurial Math  कार्यक्रम आफ्नै विद्यालयमा सञ्चालन गर्न चाहने संस्थाहरूले ललितपुरस्थित  Embark Unmath Pvt. Ltd., Embark College, Pulchowk मा सम्पर्क गर्न सक्नु हनेछ ।

सम्बन्धित समाचार