Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

इनफिनिक्स नेपालले DRS र Horaa Gaming सँग सहकार्य गर्दै, गेमिङ क्रान्तिमा ऐतिहासिक कदम

इनफिनिक्स नेपालले DRS र Horaa Gaming सँग सहकार्य गर्दै, गेमिङ क्रान्तिमा ऐतिहासिक कदम

अर्थ प्लस
इनफिनिक्स नेपालले DRS र Horaa Gaming सँग सहकार्य गर्दै, गेमिङ क्रान्तिमा ऐतिहासिक कदम

काठमाडौं, जेठ ३० । प्रविधि र स्टाइलमा सधैँ सीमाना पार गर्ने विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड Infinix ले नेपालको दुई उत्कृष्ट ईस्पोर्ट्स टोलीहरू - DRS Gaming र Horaa Esports सँग एक रोचक साझेदारीको घोषणा गरेको छ। 

यो सहकार्य नेपालको गेमिङ क्रान्तिमा एउटा ऐतिहासिक कदम हो, जसले विश्वस्तरीय प्रदर्शन र प्रतिस्पर्धात्मक क्षमताको संयोजन गर्छ।

उक्त साझेदारीमार्फत, इनफिनिक्सले नेपाली गेमिङ समुदायमा आफ्नो उपस्थिति अझ सशक्त बनाउन लक्ष्य लिएको छ र शीर्ष श्रेणीका नेपाली गेमरहरूलाई तीव्र, शक्तिशाली र उच्च-प्रदर्शन युक्त स्मार्टफोनहरू प्रदान गर्दै उनीहरूको खेल क्षमतालाई अझ बढाउनेछ।

यो सहकार्य किन महत्वपूर्ण छ ?

DRS र Horaa केवल नाम मात्र होइनन् - यी टिमहरू नेपाललाई अन्तर्राष्ट्रिय गेमिङ स्टेजमा चिनाउँदै छन् — सीप, रणनीति र आत्मविश्वासका साथ। अब इनफिनिक्सको साथ पाएपछि, यी टिमहरूले यस्तो स्मार्टफोन पाउनेछन् जसले गेमिङको मजा डबल बनाउनेछ - जस्तै :

सुपर फास्ट प्रोसेसर,

उच्च रिफ्रेस रेट भएको डिस्प्ले,

लामो समय टिक्ने ब्याट्री,

अनि गेमिङका लागि बनाइएका स्मार्ट फिचरहरू।

के के हेर्न पाइन्छ ?

गेमिङ अभियान र लाइभ स्ट्रिमहरूस् इनफिनिक्स उपकरणहरूबाट सञ्चालित विशेष कन्टेन्ट, टूर्नामेन्ट लाइभ स्ट्रिमहरू र पर्दा पछाडिका रमाइला क्षणहरू फ्यानहरूले हेर्न सक्नेछन्।

GT सिरिजको प्रयोगमास् DRS र Horaa ले इनफिनिक्सको गेमिङ बीस्ट - Infinix GT 30 Pro प्रयोग गरेर कठिनतम प्रतिस्पर्धीहरूलाई चुनौती दिनेछन्।

फ्यान इन्टरएक्सन र गिभअवेहरू स् रमाइला गिभअवेहरू, डिभाइस डेमोहरू, र सरप्राइज उपहारहरू सहित यस पावर-प्याक्ड सहकार्यको उत्सव मनाइनेछ।

“आजभोली गेम खेल्नु भनेको खाली टाइम पास होइन - यो हाम्रो जीवनशैली बनिसकेको छ। DRS र Horaa जस्ता ट्यालेन्टेड टिमहरूसँग मिलेर हामी नेपाली युवा र उनीहरूको गेमिङ संस्कृतिप्रति हाम्रो समर्थन देखाइरहेका छौँ,” इनफिनिक्स नेपालले भनेको छ । 

“नेपाली गेमरहरूको कम्युनिटी बनाउने, आफ्ना स्थानीय हिरोलाई साथ दिने र नेपाललाई गेमिङको ग्लोबल स्टेजमा चम्काउने अभियान हो,” कम्पनीले भनेको छ । 

सम्बन्धित समाचार