काठमाडाैं। सामसङ नेपालले नेपाली उपभोक्तालाई लक्षित गरी “इन्स्टा फाइनान्स योजनालाई झनै सहज र सरल बनाएको छ। अबदेखि सामसङ टिभी मात्र होइन, सबै प्रकारका होम अप्लायन्सहरू पनि नागरिकताको प्रतिलिपिमात्र प्रस्तुत गरेर फाइनान्समा खरिद गर्न सकिनेछ।
पहिले टिभी खरिदका लागि मात्र नागरिकता प्रमाणपत्रको आधारमा फाइनान्स सेवा उपलब्ध थियो भने अन्य होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पथ्र्यो। तर, २०८२ जेठ १९ गतेबाट लागू भएको नयाँ व्यवस्थाले अब सबै सामसङ टिभी तथा होम अप्लायन्स खरिद गर्दा ग्राहक र ग्यारेन्टरको नागरिकता तथा २–२ वटा पासपोर्ट साइज फोटो बुझाएर एक घण्टाभित्रै सामान घर लैजान सक्ने सुविधा प्रदान गरेको छ।
उक्त सेवा रु. ३०,००० वा सोभन्दा बढी मूल्य भएका सामसङ ब्रान्डका टिभी र होम अप्लायन्सहरूमा लागू हुनेछ। ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि बाँकी रकम १२ महिनासम्म किस्तामा ० प्रतिशत ब्याजदरमा तिर्न मिल्नेछ।
ग्राहकहरूको सुविधा र सामसङ प्रविधिलाई जनसाधारणको पहुँचसम्म ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड को सहकार्यमा सञ्चालित छ। योजना हिम इलेक्ट्रोनिक्स प्रा.लि. र त्रिवेणी व्यापार प्रा.लि. बाट वितरित देशभरका २०० भन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ।
सामसङ नेपालले यो योजनाले ग्राहकहरूलाई आर्थिक सहजता दिने र ब्रान्डमा विश्वास बढाउने विश्वास लिएको छ।
