Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एमजी विन्डसर इभी लन्च, प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ आयाम थप्दै

एमजी विन्डसर इभी लन्च, प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ आयाम थप्दै

अर्थ प्लस
एमजी विन्डसर इभी लन्च, प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ आयाम थप्दै

काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको भव्य लन्च कार्यक्रम हायात रिजेन्सी, काठमाडौँमा सम्पन्न गरेको छ । एमजी विन्डसर इभीको लन्च कार्यक्रम, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हो। 

भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ। 

विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले यो परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ। 

यसमा १३५° रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउँछ।

यसका साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ। यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किमी को भरपर्दो रेन्ज प्रदान गर्छ ।

वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ। प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ, साथै यो आइपि६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। 

६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छ।

ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउनेछ।

news ev.JPG

एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले भने, “एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौँ कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ।”

पारामाउन्ट मोटर्सले सधैँ उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको छ। 

नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन्।

 

सम्बन्धित समाचार