Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट

अर्थ प्लस
एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२०ं शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ ।

जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी यूपीआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यो छुट पाउँन एससीटी यूपीआइ कार्ड प्रयोग गरी पस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ ।

यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । एससीटीले यस अघि बिगमार्टमै एससीटी स्मार्ट वइनस्डे अफर दिदै आएको थियो । जसमा एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससीटी यूपीआइ कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउनु हुन्थ्योे । सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट एससीटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी यूपीआइ कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी यूपीआइ कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

सम्बन्धित समाचार