Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेपाल आयो १० लाखभन्दा कम मूल्यको र्‍यापटर सेकेण्ड जेनेरेशन कार

नेपाल आयो १० लाखभन्दा कम मूल्यको र्‍यापटर सेकेण्ड जेनेरेशन कार

अर्थ प्लस
नेपाल आयो १० लाखभन्दा कम मूल्यको र्‍यापटर सेकेण्ड जेनेरेशन कार

काठमाडौं- हिमालयन ईभी प्रालिले एनयू ब्राण्ड रेन्ज एक्सटेन्डर ईभी नेपाली बजारमा ल्याएको छ ।

र्‍यापटर नामबाट आएको सेकेण्ड जेनेरेशन मोडल ४ ढोका भएको ४ सिटर इलेक्ट्रिक मोडल हो । यो ईभीको मूल्य ९ लाख ५० हजार रहेको कम्पनीले जानकारी दिएको छ । 

चीनको साङदोङमा उत्पादन भएको एनयू ब्राण्डको र्‍यापटर सेकेण्ड जेनेरेशन मिनी कारको लम्बाइ २९०० एमएम, चौडाइ १३८० एमएम र उचाइ १६५० एमएम छ । यसमा २००० एमएमको ह्वीलबेस दिइएको छ । सानो कारमा १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको मोटर साइज निकै सानो छ । यसमा १२।५ किलोवाट क्षमताको मोटर छ, जसले १०० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यसमा दिइएको ब्याट्रीलाई चार्ज गर्न गाडीमै जेनेरेटरको व्यवस्था गरिएको छ । जनेरेटरको सहायताले गाडी चार्ज गर्न सकिने छ । पछिल्लो समय चिनियाँ बजारमा चर्चित यो प्रविधिलाई इआरईभी (एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल) भनिन्छ । यसमा ५ लिटरसम्म पेट्रोल हाल्न मिल्छ । र्‍यापटरमा रहेको ६ किलोवाट आवरको ब्याट्रीलाई फुल चार्ज गर्न ५ घण्टासम्म लाग्छ । 

यस कारमा चारै चक्कामा डिस ब्रेक, इन्डिपेन्डेन्ट सस्पेन्सन, एयर कण्डिसन, सेन्सर सहितको रिभर्स क्यामेरा, साउण्ड सिस्टम, एलसीडी स्क्रीन, डिजिटल इन्ट्रुमेन्टल क्लस्टर, ‘टु वे ब्रेक लक सिस्टम’, रोटरी गियर सेलेक्टर दिइएको छ ।

सम्बन्धित समाचार