मंगलबार, ३१ असार २०८२
काठमाडौँ । एमएडब्लू ग्रुपद्वारा प्रस्तुत डिपाल E07 को आगमनसँगै नेपालले विद्युतीय मोबिलिटीमा नयाँ उचाइ हासिल गरेको छ। नेपालमा २१ भन्दा बढी अटोमोबाइल ब्रान्डको प्रतिनिधित्व गर्दै आएको एमएडब्लू ग्रुप अहिले चीनको प्रमुख अटो निर्माता चांगानसँगको सहकार्यमा विकसित प्रिमियम ईभी ब्रान्ड "डिपाल" मार्फत विद्युतीय रूपान्तरणको अग्रपंक्तिमा उभिएको छ। चांगान अटोमोबाइल चीनका शीर्ष १० कार निर्मातामध्ये एक हो, जसको १६३ वर्ष लामो इतिहास छ र एमएडब्लू ग्रुपसँगको यसको साझेदारीले नेपालको अटो उद्योगमा नयाँ ऊर्जा र समाधानहरू भित्र्याएको छ।
डीपल E07 केवल विद्युतीय सवारी मात्र नभई, व्यावसायिक उत्पादनको रूपमा उपलब्ध भएको विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी हो। यसको डिजाइनले लक्जरी एसयुभीको आराम र पिकअप ट्रकको उपयोगिता दुवै प्रदान गर्छ। यसको रियर प्यानल सिस्टम स्मार्ट छ, जसले रियर सिट एरियालाई फ्ल्याट बेडमा रूपान्तरण गर्न सक्ने सुविधा दिन्छ र यसले गर्दा लक्जरी सिट र सामान बोक्ने कार्गो स्पेस दुवै उपलब्ध हुन्छन्। यसले ६५५ केजी भार वहन गर्न सक्छ र कम्तिमा ५१२ लिटरको स्टोरेज स्पेस प्रदान गर्छ, जसले गर्दा शहरभित्रको यात्रा होस् वा अफ-रोड, डीपल E07 हरेक यात्राको लागि तयार छ।
यो एसयुभीले तारिफयोग्य पर्फर्मेन्स प्रदान गर्दछ। किन्ने बेलामा ग्राहकले १९० किलोवाटको सिंगल मोटर वा शक्तिशाली ४४० किलोवाट डुअल मोटर (AWD) विकल्पबाट छनोट गर्न सक्छन्। ८९.९८ kWh क्षमताको ब्याट्रीबाट चल्ने यो एसयुभीले WLTP स्ट्यान्डर्ड अनुसार ५६६ किमीसम्मको दूरी तय गर्न सक्छ। २२० kWh सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्न सक्छ, साथै यसमा सुपर एनर्जी-सेभिङ मोड पनि छ जसले २०% अतिरिक्त ब्याट्री लाइफ प्रदान गर्न सक्छ।
E07 मा कम्फर्टलाई उच्च प्राथमिकता दिइएको छ। यसमा प्रयोग गरिएको जिरो ग्र्याभिटी सीट डिजाइनले लामो यात्रा गर्दा थकान कम गरी आरामदायक अनुभव प्रदान गर्दछ। हरेक सिटमा बेग्लाबेग्लै एयरफ्लो सिस्टम छ। स्मार्ट स्टोरेजका लागि १३१ लिटरको फ्रन्ट ट्रंक, अण्डर-सीट कम्पार्टमेन्ट र रुफटप ब्यागेज जस्ता एक्स्ट्रा स्पेसहरू उपलब्ध छन्। प्रविधिको पक्षमा कुरा गर्दा डीपल E07 निकै अगाडि छ। यो गाडीमा स्मार्ट कम्प्युटर सिस्टम, २८.८६ इन्चको हेड-अप डिस्प्ले (HUD), १५.४ इन्चको टचस्क्रिन र ५४०-डिग्री क्यामेरा सिस्टम जस्ता फिचरहरू छन्। यसमा ५ वटा राडार, ५ क्यामेरा र १२ अल्ट्रासोनिक सेन्सर प्रयोग गरिएका छन्, जसले सबै ADAS (Advanced Driver Assist Systems), अटो पार्किङ र स्मार्ट कन्ज्युमर फिचरहरू सहज बनाउँछ।
डीपल E07 चुनौतीपूर्ण सडक पार गर्न पनि सक्षम छ। यसमा ६०० मिमि वाटर वेडिंग क्षमता, R21 साइजको ह्वील्स र एडाप्टिभ सस्पेन्सन सिस्टम छ, जसले ग्राउन्ड क्लियरेन्सलाई ३० मिमीसम्म एडजस्ट गर्न सक्छ। मनोरञ्जनका लागि १८-स्पिकर साउण्ड सिस्टम, बाहिरी स्पिकर र २४४ एलईडीको एम्बियन्ट लाइटिङ पनि राखिएको छ।
बाहिरी रूपमा, डीपल E07 मा आकर्षक रिंग आकारको टेल लाइट दिइएको छ, जसले डीपलको पहिचान झल्काउने सिग्नेचर डिजाइनसँगै एक स्टाइलिश लुक प्रदान गर्छ। यो एसयुभी सेतो, कालो, खरानी (ग्रे) र जेड ग्रिन रंगमा उपलब्ध छ, जहाँ जेड ग्रिन विशेषतः AWD संस्करणमा पाइने विशेष रंग हो। डीपल E07 ले लक्जरी, मजबुती र भरपर्दो टिकाउपन सँगै ल्याउँछ। डीपल E07 भविष्यको लागि उपयुक्त स्मार्ट, शक्तिशाली र सबैको जीवनशैलीअनुसार अनुकूल सवारीको प्रतिनिधित्व गर्छ।
