Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सामसुङले ‘ग्यालेक्सी एम ३६ फाइभजी' नेपालमा सार्वजनिक गर्ने

सामसुङले ‘ग्यालेक्सी एम ३६ फाइभजी' नेपालमा सार्वजनिक गर्ने

अर्थ प्लस
सामसुङले ‘ग्यालेक्सी एम ३६ फाइभजी' नेपालमा सार्वजनिक गर्ने

बुधबार, ०७ साउन २०८२
काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले आफ्नो M सिरिजको नयाँ स्मार्टफोन Galaxy M36 5G छन् नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले यसलाई Velvet Black र Serene Green रंगमा, देशभरका आधिकारिक Samsung रिटेल स्टोरहरूमार्फत उपलब्ध गराउनेछ। सामसुङले फोनलाई दुई स्टोरेज भेरियन्टमा ल्याउने तयारी गरेको छ। 8GB RAM र 128GB स्टोरेज भएको मोडलको मूल्य रु ३६,९९९, भने 8GB RAM र 256GB स्टोरेज भएको मोडलको मूल्य रु ४१,९९९ निर्धारण गरिएको छ।

Galaxy M36 5G मा Exynos 1380 (5nm) प्रोसेसर, 5000mAh ब्याट्री, र 25W फास्ट चार्जिङ सुविधा छ। कम्पनीका अनुसार यो फोन उच्च परफर्मेन्स, गेमिङ क्षमता र ऊर्जा खपतको सन्तुलनमा केन्द्रित हुनेछ। साथै, Vapor Cooling Chamber प्रणालीमार्फत लामो प्रयोगमा फोन तात्न नदिने प्रविधि पनि समावेश गरिएको छ। फोनको 6.7- इन्चको FHD+ Super AMOLED डिस्प्ले 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीले सुसज्जित छ। Corning Gorilla Glass Victus+ ले फोनलाई ड्रप र स्क्र्याचबाट सुरक्षित बनाउनेछ।

फोन 7.7mm पातलो छ, जसले प्रिमियम लुक दिन्छ। क्यामेरा पक्षमा, यसमा 50MP OIS ट्रिपल क्यामेरा, Auto Night Mode, र Nightography फिचरहरू छन्। अगाडि र पछाडिका क्यामेराले 4K भिडियो रेकर्डिङ गर्न सक्छन्। साथै, Photo Remaster र Object Eraser जस्ता एडिटिङ टुलहरू पनि उपलब्ध छन्।

यो स्मार्टफोनमा Google सँगको Circle to Search र Gemini Live जस्ता AI फिचर समावेश गरिएको छ। यसले तस्बिर पहिचानदेखि AI असिस्टेन्टसँग प्रत्यक्ष संवादसम्मको सुविधा दिनेछ।

सामसुङले फोनमा ६ वर्षसम्मको सुरक्षा अपडेट र छ वटा Android जेनेरेशनको अपग्रेड उपलब्ध गराउने बताएको छ। One UI 7 मा आधारित यो फोनमा Samsung Knox Vault मार्फत डेटा सुरक्षा सुनिश्चित गरिएको छ।

कम्पनीका अनुसार Galaxy M36 5G ले नयाँ पुस्तालाई लक्षित गर्दै डिजाइन, सुरक्षा, एआई र परफर्मेन्स को समायोजनका साथ बजारमा प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार