Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो सोमा सार्वजनिक हुँदै

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो सोमा सार्वजनिक हुँदै

अर्थ प्लस
नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो सोमा सार्वजनिक हुँदै

काठमाडौं । मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मानेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएको छ ।

एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआतभएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकलटेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमाप्रदर्शनीमा राख्न लागेको हो ।

एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधिर संसार गर्नेछन् ।

यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटो मोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ ।

नाडामा दिपलका मार्केट डिस्रप्टर इभीहरु
नयाँ प्रविधिहरु सँगै नाडा अटो सोमादिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७आईसीए, ई०७ र अल्ट्रा प्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् ।

गत साता नेपालमा धमाकेदार रुपमा सार्वजनिक भएको दिपल एस०५ ले केहीदिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्नपुगेको हो । नेपालको नं १लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमाअनुभवगर्न सकिनेछ ।

नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्नेमञ्च रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्रीबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंम्मा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुन परिभाषित गर्दैछौं ।’

सम्बन्धित समाचार