Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नाडा अटो शोको उपलक्ष्यमा सारथी इकुटरमा २५ हजार नगद छुट

नाडा अटो शोको उपलक्ष्यमा सारथी इकुटरमा २५ हजार नगद छुट

अर्थ प्लस
नाडा अटो शोको उपलक्ष्यमा सारथी इकुटरमा २५ हजार नगद छुट

सोमवार, भदौ २ २०८२

काठमाडौँ । आगामी भदौ ३ गतेदेखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको शुरुको दिन अर्थात भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी अफर सञ्चालन भएको कम्पनीले जनाएको छ । उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्येनजर गर्दै यो अफर सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २०% डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।

यति मात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभि भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।

३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ । यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।

नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताउनुभयो । कम्पनीले विगत ६ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रि वितरण गरिरहेको छ ।

सम्बन्धित समाचार