Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एसयूभी सेग्मेन्टमा उत्कृष्ट देखियो टाटा मोटर्स, नयाँ कम्प्याक्ट एसयूभी ल्याउने

एसयूभी सेग्मेन्टमा उत्कृष्ट देखियो टाटा मोटर्स, नयाँ कम्प्याक्ट एसयूभी ल्याउने

अर्थ प्लस
एसयूभी सेग्मेन्टमा उत्कृष्ट देखियो टाटा मोटर्स, नयाँ कम्प्याक्ट एसयूभी ल्याउने

काठमाडौं- ह्याचब्याक र सेडानबाट अटोमोबाइल बजार एसयूभीमा सिफ्ट भएसँगै अधिकांश कम्पनीहरू एसयूभी निर्माणमा जुटेका छन् ।

यसैक्रममा भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले थप ३ नयाँ कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । कम्पनीले आगामी ३ वर्ष भित्र लन्च गर्ने गरी सब फोर मिटर लम्बाइ हुने एसयूभीहरू ल्याउने योजना बनाएको हो ।

टाटा मोटर्सले सन् २०२५ अक्टोबरमा माइक्रो एसयूभी पन्चको फेसलिफ्ट मोडल सार्वजनिक गर्दैछ । नयाँ पन्चको हेडल्याम्प, बम्पर र एक्सटेरियरमा धेरै अपडेट हुने अनुमान गरिएको छ । साथ यसको इन्टेरियरमा अब सानो इन्फोटेन्मेन्ट स्क्रीनको सट्टामा १०।२५ इन्चको नयाँ स्क्रीन आउने छ ।

त्यस्तै, कम्पनीले सन् २०२७ मा नेक्सनको नयाँ जेनेरेशन मोडल लन्च गर्ने योजना बनाएको छ । नयाँ जेनेरेशन नेक्सनमा धेरै नयाँ अपडेटहरू हुनेछ । नयाँ डिजाइनको फ्रन्ट फेसिया हुने नेक्सनमा १२।३ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन, पावर्ड ड्राइभर सिट र लेभल २ एडास जस्ता प्रिमियम फिचरहरू हुनेछ ।

टाटा मोटर्सले नेक्स्ट जेनेरेशन सियरा समेत छिटै लन्च गर्ने योजना बनाएको छ । बक्सी र मस्कुलाइन क्यारेक्टर रहेको यो एसयूभी महिन्द्राको थार र सुजुकी जिम्नी जस्तो लाइफस्टायल एसयूभी हुनेछ । यो एसयूभीमा कम्फर्ट, ड्राइभिङ डाइनामिक्स, अफरोड पावरको साथमा इफिसियन्सीको समिश्रण पाउन सकिनेछ ।

सुरुवातमा इलेक्ट्रीक पावरट्रेनमा लन्च हुने यो एसयूभी पछि आइस इन्जिनमा समेत लन्च हुनेछ ।

सम्बन्धित समाचार