काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सोकोन नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत सोकोन ईभी भ्यान खरिद गर्ने ग्राहकले उपहार, फाइनान्सको सहज सुविधा र इन्स्योरेन्ससहितको निश्चिन्तताको अनुभव प्राप्त गर्नेछन्।
सोकोनले ल्याएको अफरमा ईभी भ्यान खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिनजस्ता उपहार प्राप्त गर्ने अवसर पाउनेछन्। साथै, ईभी भ्यान बुकिङ गर्दा सामसुङ ग्यालेक्सी A07 (6+128GB) स्मार्टफोन स्योरशट उपहारका रूपमा दिइनेछ।
ग्राहकलाई थप निश्चिन्त बनाउन कम्पनीले १ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस) र निःशुल्क क्यासलेस इन्स्योरेन्ससमेत समावेश गरेको छ। यसैगरी, यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्ने घोषणा गरेको छ।
कम्पनीले फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ, जसले नयाँ ईभी भ्यान खरिदलाई सजिलो र फाइदाजनक बनाउने लक्ष्य राखेको छ।
सोकोन नेपालले यो अफरलाई केवल उपहार र सुविधा मात्र नभई आधुनिक मोबिलिटी र दिगो यातायातसँगै चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउन ल्याइएको जनाएको छ।
कम्पनीले चाडपर्व अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने बताउँदै नजिकैको सोकोन शो–रुममा पुगेर नयाँ ईभी भ्यानसहित उपहार पाउन सबैलाई आह्वान गरेको छ।
