Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

दसैँमा विवाईडीले ल्यायो पाँच अफर, एउटै डिलरमा बुकिङ भए डेढ सय माथि गाडी

दसैँमा विवाईडीले ल्यायो पाँच अफर, एउटै डिलरमा बुकिङ भए डेढ सय माथि गाडी

अर्थ प्लस
दसैँमा विवाईडीले ल्यायो पाँच अफर, एउटै डिलरमा बुकिङ भए डेढ सय माथि गाडी

काठमाडौं- दसैँलाई लक्षित राखेको अफरका कारण बिवाईडी गाडीको बुकिङ १८० माथि पुगेको छ ।

ललितपुरको विवाईडी डिलरमा मात्रै दशैं लक्षित अफरका कारण गाडीको बुकिङ्गमा वृृद्धि आएको हो । विवाईडीमा राखेको ५ वटा विशेष अफरले यसको बिक्री र बुकिङ्गमा सुधार ल्याउन मद्दत गरेको छ । विवाईडीको एट्टो–वान, एट्टो–टु र सियालिनको प्रवेशले गाडीको बुकिङ्गमा बृद्धि ल्याएको छ । दशैंलाई लक्षित ल्याएको अफर विवाईडी गाडीको लागि सकारात्मक भएसँगै ग्राहकको रुचि यस तर्फ बढिरहेको छ ।

41f65fcc-7ccd-44a8-9542-74e123bac785 

विवाईडीको दशैं अफर र ग्राहकको आकर्षण

विवाईडीले दशैंमा ग्राहकका लागि विशेष ५ अफर ल्याएको छ । यी ५ वटा अफरले विवाईडीको खरिद–विक्री र बुकिङ्गमा प्रभाव पारेको छ । विवाईडीको पहिलो अफर अन्तर्गत एक वर्षको अटो प्लस इन्स्योरेन्स रहेको छ । यस अफर अन्तर्गतको इन्स्योरेन्सले ब्याट्रि र गाडीलाई कभर गर्ने गर्दछ । होम चार्जर र पोर्टएबल चार्जर विवाईडीले दशैंका लागि ल्याएको दास्रो अफर हो । विवाईडीको तेस्रो अफरअन्तर्गतमा एट्टो–थ्री मोडलमा १ लाख ५० हजार रुपैयाँसम्मको क्यास डिस्काउट दिएको छ । 

विवाईडीको चौथो अफरमा १० वर्षको एक्सटेन्डेड वारेन्टी पनि दिइएको छ । विवाईडीको पाँचौ अफरमा एक वर्षको रोड ट्याक्सको सुविधा रहेको छ । विवाईडीले दिएको यी पाँच अफरका कारण विवाईडीको ललितपुर डिलरमा एक दिनमा नै १० जनासम्म ग्राहक इन्क्वाइरीका लागि आउने गरेका छन् । यो इन्क्वाइरी एट्टो–वान र एट्टो–टुका लागि रहेको छ । 

abc6cf15-ec70-4eae-a7b4-bac408d09250

‘विवाईडीको बुकिङ्ग पहिलेको दशैंभन्दा अहिले राम्रो छ । नयाँ मोडल एट्टो–वानमा ग्राहक बढी उत्सुक छन् ।’, विवाईडी ललितपुर डिलरले आजको अर्थलाई भने, ‘प्रिमियम सिग्मेन्टको सियालिन–सेभेनमा ग्राहक झुमिएका छन् । एसयुभि एट्टो–टुको प्राइस पोइन्ट राम्रो छ । एट्टो–वान र एट्टो–टुको बुकिङ्ग राम्रो छ । दशैंमा मात्रै यहाँ १८० प्लस गाडी बुकिङ्ग भए ।’ 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले गरेको नाडा अटो शो–२०२५, नेपाल अटोमोबाइल इम्पोटरर्स एण्ड म्यानुफ्याक्चरर्स (नाइमा) ले गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ र दशैंमा मुलुकभर विवाईडीका २२ सय गाडी बुकिङ्ग भएका छन् । 

दशैंमा विवाईडीको कुन गाडीमा ग्राहक आकर्षित भए ?

नेपालका लागि बिवाईडीका आधिकारिक विक्रेता साइमेक्स इंक प्रा.लि. हो । बिवाईडीले इन्ट्री लेभलको गाडी एट्टो–वान देखि लक्जरी सेग्मेन्टको बिवाइडीको सेलियन–सेभेनसम्मको गाडी बजारमा ल्याएको छ । बिवाइडी एट्टो–वान डाइनामिकको मूल्य २८ लाख ९५ हजार रुपैयाँ राखिएको छ । त्यसैगरि बिवाइडी एट्टो–वान प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । ग्राहकले बिवाइडीको एट्टो–वानमा बढी रुचि देखाएसँगै शोरुममा भिड झुम्एिको देख्न पाइन्छ । 

बिवाइडीको एट्टो–टुमा पनि ग्राहक झुम्एिका देख्न सकिन्छ । बिावाइडीको एट्टो–टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ । बिवाइडीको सेलियन–सेभेन लक्जरी सेग्मेन्टमा पर्ने गाडी हो । यसको बारेमा जानकारी लिनका लागि ग्राहक उत्सुक भएसँगै भिड बढी लाग्ने गरेको शोरुममा देखिन्छ । बिवाइडी सेलियन–सेभेनको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । बिवाइडीका अन्य गाडी पनि उतिकै लोकप्रिय छन् । 

बिवाइडीको एट्टो–थ्री एड्भान्सको मूल्य ५६ लाख ९० हजार रुपैयाँ रहेको छ भने बिवाइडी सुपिरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ । त्यसैगरि बिवाइडीको डल्फिनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । साथै बिवाइडीको एमजीको मूल्य ५८ लाख ९० हजार रुपैयाँ रहेको छ । दशैंमा बिवाइडीका एट्टो–वान, एट्टो–टु र सेलियन–सेभेन मा ग्राहकले बढी रुचि देखाएका छन् । 

4800f7b3-fc69-434c-9701-f7fe25367fa8

96677c5c-efe1-4657-b172-e6864a84a05f

ea7da6b5-59cc-46d2-a686-11e404c21508

db1efbcd-a4e4-463b-b85d-1bab0e2caae3

ea7da6b5-59cc-46d2-a686-11e404c21508

b92328eb-492d-42aa-ad11-edf9ee2f2345

सम्बन्धित समाचार