Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

महिन्द्रा बोलेरो नियोको अपग्रेड भर्सन सार्वजनिक, नेपालमा पनि लन्च गर्ने तयारी

महिन्द्रा बोलेरो नियोको अपग्रेड भर्सन सार्वजनिक, नेपालमा पनि लन्च गर्ने तयारी

अर्थ प्लस
महिन्द्रा बोलेरो नियोको अपग्रेड भर्सन सार्वजनिक, नेपालमा पनि लन्च गर्ने तयारी

काठमाडौं- महिन्द्राले आफ्नो अफोडेबल एसयूभीहरू बोलेरो र बोलेरो नियोको अपग्रेड भर्सन सार्वजनिक गरेको छ ।

कम्पनीले बोलेरो र बोलेरो नियोको एक्सटेरियर र इन्टेरियरमा केही नयाँ फिचरहरू थप गरेर बजारमा ल्याएको हो ।

अपडेट भएको नयाँ बोलेरो नेपालमा समेत चाँडै लन्च गर्ने तयारी भइरहेको बताइएको छ । 

बोलेरो नियोको सन् २०२५ मोडलहरू ७ सिटे अप्सनमा समेत उपलब्ध रहेको छ । यसमा रेगुलर ५ र रियरमा दुई सिट फोल्डिङ रहेको छ ।

कम्पनीले लामो भर्सनको बोलेरो नियो प्लस समेत बिक्री गरिरहेको छ । नियो प्लसमा भने ९ सिटे अप्सन रहेको छ ।

महिन्द्राका अन्य एसयूभीहरू जस्तै बोलेरो नियो पनि बक्सी डिजाइनको रहेको छ । नयाँ बोलेरो नियोमा रिभाइज फेसिया, सिल्भर होरिजेन्टल एसेन्ट सहितको नयाँ डिजाइनको ग्रिल र नयाँ डिजाइनको अलोय ह्वील दिएको छ ।

बोलेरो नियोमा आधुनिक एसयूभीहरूमा हुने सबै बेसिक फिचरहरू रहेको छ । यसको इन्ट्री लेभलमै राइडफ्लो टेक्नलोजी रहेको छ । टुइनपड एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ९ इन्चको टचस्क्री इन्फोटेन्मेन्ट डिस्प्ले, इको मोड, एबीएस विथ ईबीडी, ड्युल एयरब्याग, स्टेरिङ माउण्टेड अडियो कन्ट्रोल, ब्लूटुथ यूएसबी र एयूएक्स कनेक्टिभिटी, हाइट एड्जस्टेबल ड्राइभर सिट, क्रुज कन्ट्रोललगायत फिचर रहेको छ । यसको टप भेरियन्टमा मल्टी टेरेन टेक्नलोजी समेत रहेको छ ।

महिन्द्राले बोलेरो नियोमा १.५ लीटरको ३ सिलिण्डर एमहक १०० डिजल इन्जिन दिएको छ । यो इन्जिनले १०० हर्सपावर र २६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनको साथमा ५ स्पीडको म्यानुअल ट्रास्मिसन दिएको छ ।

सम्बन्धित समाचार