Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

निसानको नयाँ एसयूभी ‘टेक्टन’ भारतका साथै नेपालमा पनि लन्च हुने

निसानको नयाँ एसयूभी ‘टेक्टन’ भारतका साथै नेपालमा पनि लन्च हुने

अर्थ प्लस
निसानको नयाँ एसयूभी ‘टेक्टन’ भारतका साथै नेपालमा पनि लन्च हुने

काठमाडौं- निसान इण्डियाले छिट्टै लन्च गर्न लागेको कम्प्याक्ट एसयूभीको नाम घोषणा भएको छ ।

सन् २०२६ को मध्येबाट बिक्री सुरू हुने टेक्टन एसयूभी भारतमा बिक्री सुरू भएसँगै नेपाल पनि आउने छ । निसान इन्डियाले नयाँ एसयूभी टेक्टनको एक्टेरियर डिजाइनका बारेमा आज जानकारी दिएको हो ।

निसान टेक्टनमा ग्रील र क्यारेक्टर लाइन ठूलो साइजको एसयूभी ‘पेट्रोल’बाट प्रेरित भएको देखिन्छ । फ्ल्याट बोनेट, वारपार कनेन्ट लाइट सहितको एलइडी हेडलाइट र टेललाइट प्रयोग हुनेछ । साइडमा म्याग्नाइटमा जस्तै फ्लेयर ह्वील आर्क र मल्टी स्पोक अलोय ह्वील रहने छ ।

नयाँ एसयूभीको इन्टेरियरमा तीन कलरको प्रयोगमा बनेको ड्यासबोर्ड हुनेछ । ड्यासको सबैभन्दा माथि सफ्टटच मेटेरियल र बाँकी भागमा ग्लसी ब्ल्याक फिनिस रहने छ । तामा कलरको स्ट्रीप इन्फोटेन्मेन्ट स्क्रीनबाट साइड एसी भेन्टसम्म दिइएको छ ।

निसानले नयाँ एसयूभीमा ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट स्क्रीन, फुल्ली डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामरा र एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) फिचर दिनेछ ।

सम्बन्धित समाचार