Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

टाइम म्यागजिनको २०२५ को वेस्ट इन्भेन्सन सूचीमा बीवाइडी एटो वान

टाइम म्यागजिनको २०२५ को वेस्ट इन्भेन्सन सूचीमा बीवाइडी एटो वान

अर्थ प्लस
टाइम म्यागजिनको २०२५ को वेस्ट इन्भेन्सन सूचीमा बीवाइडी एटो वान

काठमाडौं- अमेरिकाबाट प्रकाशित हुने विश्व प्रसिद्ध टाइम म्यागजिनले सन् २०२५ को १०० वटा वेस्ट इन्भेन्सनको लिस्ट सार्वजनिक गरेको छ । 

म्यानगजिनले प्रकाशित गरेको इन्भेन्सनको लिस्टमा अटोमोबाइल क्षेत्रबाट १० वटा विभिन्न प्रोडक्ट र सर्भिसहरू परेका छन् । टाइमको लिस्टमा फोर ह्वीलतर्फ बीएमडब्लूको न्यू क्लास आइएक्स थ्री र सानो कारतर्फ बीवाइडी एटो वान (सिगल) परेका हुन् ।

लग्जरी कार निर्माताले नयाँ जेनेरेशन आइएक्स थ्री गत सेप्टेम्बर महिनामा प्रदर्शनी गरेको थियो । यसको बिक्री छिट्टै सुरू हुँदैछ । बीएमडब्लू आइएक्स थ्रीले सिंगल चार्जमा ६०० किलोमिटर माथि रेन्ज दिने कम्पनीको भनाइ छ ।

बीएमडब्लूले नयाँ प्लेटफर्ममा ४० भन्दा बढी नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ । डिजिटल नर्भस सिस्टम रहेको यो ईभीलाई ‘ओभर दी एयर अपडेट’ गर्न सकिन्छ ।

टाइम म्यागजिनले चिनियाँ अटोमोबाइल कम्पनी बीवाइडीले बनाएको अफोडेबल इलेक्ट्रीक कार एटो वान (सिगल) लाई पनि सन् २०२५ को वेस्ट इन्भेन्सनको लिस्टमा राखेको छ ।

गत भदौबाट नेपालमा पनि बिक्री सुरू भएको एटो वान दुई ब्याट्री अप्सनमा उपलब्ध छ । सिंगल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दाबी गरिएको गाडीमा देश अनुसार मोटर पावर पनि फरक फरक छ । यसको टप स्पीड १३० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

सम्बन्धित समाचार