Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

टिकटकद्वारा गाइडलाइन्स रिपोर्ट सार्वजनिक, तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो

टिकटकद्वारा गाइडलाइन्स रिपोर्ट सार्वजनिक, तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो

अर्थ प्लस
टिकटकद्वारा गाइडलाइन्स रिपोर्ट सार्वजनिक, तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो

काठमाडौं । टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । यस रिपोर्टमा २०२५ अप्रिलदेखि जुन (तीन महिना) सम्मको तथ्यांक समेटिएको छ । जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ । जसले टिकटकको ग्लोबल कम्युनिटीलाई सकारात्मक अनुभवका लागि आश्वस्त गराउने टिकटकको विश्वास छ ।

२०२५ को दोस्रो त्रैमासिकमा, टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघनका लागि नेपालमा कुल २४ लाख ७६ हजार ३४५ भिडियो हटाएको थियो । नेपालमा टिकटकले सक्रियरूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८ प्रतिशत रहेको छ । जसमा ९८.४ प्रतिशत भिडियोहरू २४ घण्टाभित्र हटाइएका थिए ।

विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा कुल १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको छ । जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७ प्रतिशत  हो । हटाइएका भिडियोहरूमध्ये १६३,९६२,२४१ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू रिभ्युपछि पुनःस्थापित गरिएका थिए ।

टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेको छ र ९४.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए । यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ ।

रिपोर्ट अनुसार, हटाइएका कुल भिडियोहरूमध्ये ठूलो हिस्सा, ३०.६ प्रतिशत भिडियोहरूमा संवेदनशील वा वयष्क थिमहरू थिए । जसले टिकटकको कन्टेन्ट पोलिसीहरू उल्लंघन गरेका थिए । थप १४.० प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेका, ६.१ प्रतिशत ले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लंघन गरेका थिए ।

साथै, ४५।० प्रतिशत लाई गलत सूचनाका रूपमा फ्ल्याग गरिएको थियो भने २३.८ प्रतिशत भिडियोहरू सम्पादित वा एआईजेनेरेटेड कन्टेन्टका रूपमा पाइएको थियो ।

यस किसिमको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमितरूपमा प्रकाशन गरेर टिकटकले पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । प्रतिवेदनको विस्तृत जानकारी र टिकटकको कन्टेन्ट पोलिसीहरू, टुलहरू र पारदर्शिताबारे थप जान्नका लागि प्रयोगकर्ताहरूले टिकटकको 'ट्रान्सपरेन्सी सेन्टर' भ्रमण गर्न सक्नेछन् ।

टिकटक छोटा भिडियोहरूका लागि अग्रणी मोबाइल प्लेटफर्म हो । टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा रहेको छ । यसका कार्यालयहरू न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा रहेका छन् ।

सम्बन्धित समाचार