Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

फोनपेको वार्षिक साधारणसभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश वितरण गर्ने

फोनपेको वार्षिक साधारणसभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश वितरण गर्ने

अर्थ प्लस
फोनपेको वार्षिक साधारणसभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं- फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा कम्पनी सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको छ । 

कात्तिक २४ गते सोमबार भएको सभाले आर्थिक वर्ष ०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

सभाले सेयरधनीहरूलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

स्वतन्त्र सञ्चालकका रूपमा पुनः सशीन जोशीलाई पुनर्नियुक्त गर्ने र आर्थिक वर्ष ०८२/८३ का लागि एनबीएसएमएण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

सभाले विशेष प्रस्तावमार्फत फोनपे कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार