Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा घट्नेभन्दा बढ्ने तागत बढी, साइडवेज बजारमा तीनदिने रणनीतिबाट नाफा सम्भव

नेप्सेमा घट्नेभन्दा बढ्ने तागत बढी, साइडवेज बजारमा तीनदिने रणनीतिबाट नाफा सम्भव

अर्थ प्लस
नेप्सेमा घट्नेभन्दा बढ्ने तागत बढी, साइडवेज बजारमा तीनदिने रणनीतिबाट नाफा सम्भव

काठमाडौँ — नेपालको सेयरबजार पछिल्ला हप्ताहरूमा उतारचढावका बीच स्थिरता खोज्दै गएको छ। तर, बजार विश्लेषक टप स्टक ट्रेडर का अनुसार नेप्सेमा अहिले घट्नेभन्दा बढ्ने तागत (buying pressure) बलियो देखिएको छ।

उनका अनुसार बजारमा लगानीकर्ताको मनोविज्ञान सकारात्मक मोडतर्फ उन्मुख हुँदैछ, जसले आगामी दिनमा नेप्सेमा क्रमिक सुधार ल्याउने सम्भावना बलियो बनाएको छ। ट्रेडरका अनुसार हाल नेप्से २४८०–२६८० को दायराभित्र साइडवेज ट्रेड भइरहेको छ। टेक्निकल संकेत र कारोबार भोल्युमले बजार निकट भविष्यमा माथिल्लो दायरा तोड्ने सम्भावना देखाउँछ। उनले भने, “नेप्सेमा २६८० माथिको ब्रेकआउट आएपछि २७५०–२८०० सम्मको छोटो अवधिको लक्ष्यमूल्य सम्भव छ।” साइडवेज बजारमा पनि लगानीकर्ताले तीनदिने (short-term) कारोबारी रणनीति अपनाएर राम्रो नाफा लिन सक्छन्।

“सपोर्ट र रेसिस्टेन्स स्तर सही पहिचान गर्न सकेमा साइडवेज अवस्थामै ५-१० प्रतिशतको नाफा निकाल्न सकिन्छ,” उनले भने। ट्रेडरका अनुसार अहिले बजारमा २४८० स्तर बलियो सपोर्टको रूपमा देखिएको छ भने २६८० नजिक रेसिस्टेन्स छ। उनले सल्लाह दिए, “सपोर्ट नजिक खरिद र रेसिस्टेन्स नजिक बिक्री गर्ने रणनीतिले साइडवेज बजारमा पनि स्थिर नाफा दिन सक्छ।” विश्लेषक टप स्टक ट्रेडर ले लगानीकर्तालाई अल्पकालीन उतारचढावभन्दा दीर्घकालीन रणनीतिमा ध्यान दिन सुझाव दिएका छन्।

eda7962e-fe55-4214-a65c-ee218b607bfd.jpeg

सम्बन्धित समाचार