Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

अर्थ प्लस
मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा. लि. ले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ। यस सहकार्यले टिमलाई सहज र भरपर्दो एमजी सवारी सुविधा प्रदान गर्नेछ।

पारामाउन्ट मोटर्सले लुम्बिनी लायन्सलाई एमजीका प्रिमियम सवारी साधन उपलब्ध गराउँदै खेलाडीहरूलाई उच्च मनोबल प्रदान गर्ने र आरामदायी एवम सुरक्षित यात्राका साथ आफ्नो प्रदर्शनमा केन्द्रित हुन सहयोग गर्नेछ। यस साझेदारीले पारामाउन्ट मोटर्सको खेलकुदमा प्रोत्साहन तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको पाइन्छ।

यसै क्रममा पारामाउन्ट मोटर्स प्रा.लि. का महाप्रबन्धक श्री सुनिल बहादुर क्षेत्री ज्यूले भन्नभुयो कि “लुम्बिनी लायन्ससँग साझेदारी गर्नु हाम्रो लागि एउटा अवसर हो। हामी हाम्रो सवारीहरु मार्फत टिमलाई प्रत्यक्ष एमजी अनभुवका साथ  मैदानमा उतार्न पाउँदा अत्यन्तै खुसी छौं। नेपाल प्रिमियर लिग (एनपीएल) यात्रामा मोबिलिटी पार्टनर बनेर सहयात्रा गर्दै सकेको सेवा, सुविधा  प्रदान गर्ने कार्यमा हामी सदैव केन्द्रित रहनेछौं।

यस पहल मार्फत पारामाउन्ट मोटर्सले देशैभर अत्याधुनिक एमजी सवारी अनभुवहरू प्रदान गर्दै खेलकुद लगायत आधुनिक जीबनशैली अनुरुप सेवा, सुविधा प्रदान गर्दै आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको छ।

सम्बन्धित समाचार