Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापार २४.१८% ले वृद्धि, व्यापार घाटा ५ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापार २४.१८% ले वृद्धि, व्यापार घाटा ५ खर्ब नाघ्यो

अर्थ प्लस
चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापार २४.१८% ले वृद्धि, व्यापार घाटा ५ खर्ब नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को साउन–कात्तिकसम्मको चार महिनामा नेपालको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा रू. ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर रू. ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख पुगेको भन्सार विभागले जनाएको छ।

निर्यातमा उल्लेख्य सुधार देखिएको छ। यो अवधिमा वस्तु निर्यात ७७.५१ प्रतिशतले वृद्धि भई रू. ९३ अर्ब ४९ करोड ५७ लाख कायम भएको छ। गत वर्षको यही अवधिमा निर्यात रू. ५२ अर्ब ६७ करोडमा सीमित थियो।

आयात पनि उल्लेखनीय रूपमा बढेको छ। चार महिनामा रू. ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा आयात रू. ५ खर्ब १३ अर्ब ३८ करोड थियो।

निर्यातमा भएको उच्च वृद्धिका बाबजुद आयातको ठूलो आकारका कारण व्यापार घाटा भने बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ११.९९ प्रतिशतले वृद्धि भई रू. ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा रू. ४ खर्ब ६० अर्ब ७१ लाख मात्र थियो।

समग्रमा, निर्यातमा देखिएको सकारात्मक गति सन्तोषजनक भए पनि आयातको उच्च वृद्धिले व्यापार असन्तुलनलाई अझै गहिरो बनाएको देखिन्छ।

सम्बन्धित समाचार