Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

अमेरिकी सरकारी बजेटमा २८४ अर्ब डलर घाटा

अमेरिकी सरकारी बजेटमा २८४ अर्ब डलर घाटा

अर्थ प्लस
अमेरिकी सरकारी बजेटमा २८४ अर्ब डलर घाटा

काठमाण्डौ । अमेरिकाको बजेट घाटा २८४ बिलियन डलर पुगेको छ । रेकर्ड ट्यारिफ आम्दानीका बाबजुत अक्टोबर महिनामा अमेरिकाको बजेट घाटा गत वर्षको तुलनामा १० प्रतिशतले बढेको हो ।

गत वर्षको अक्टोबरमा अमेरिकी बजेट घाटा २५७ बिलियन डलर थियो ।

हालै ४३ दिनसम्म भएको सटडाउनका कारण ढिला गरी प्रतिवेदन सार्वजनिक भएको हो । उक्त सटडाउनका कारण सरकारी कामकाज तथा कर्मचारीहरुका तलब सुविधा रोकिएको थियो । नोभेम्बर महिनाका लागि शैन्य तथा स्वास्थ्य कार्यक्रमका १०५ बिलियन डलर छुट्टाइएकाले अमेरिकाको बजेट घाटा बढ्न पुगेको जनाइएको छ ।

नोभम्बर महिनाको भुक्तानीलाई पनि समावेश गर्ने हो भने अमेरिकाको कुल बेनिफिट पेमेन्ट ६९८ बिलियन डलर पुगेको छ । जुन गत वर्षको अक्टोबरको तुलनामा १८ प्रतिशतले बढी हो ।  

सम्बन्धित समाचार