Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा ३ हजार ५ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सम्बन्धित समाचार