Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल ३ हजार ८०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

सम्बन्धित समाचार