Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

राधि विद्युत कम्पनीको साधारण सभा स्थगित

राधि विद्युत कम्पनीको साधारण सभा स्थगित

अर्थ प्लस
राधि विद्युत कम्पनीको साधारण सभा स्थगित

काठमाण्डौ - राधि विद्युत कम्पनी लिमिटेडले पुस २२ गतेका लागि तय गरेको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ। कम्पनीको सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले सभा बोलाएको थियो, जसलाई ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजे आयोजना गर्ने तयारी गरिएको थियो।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन गर्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको थियो। साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने, आगामी वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी गरिएको थियो।

सम्बन्धित समाचार