काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्रै पाउनेछन् ।
