Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

राधी विद्युत कम्पनीको स्थगित वार्षिक साधारण सभा पुनः आयोजना हुने

राधी विद्युत कम्पनीको स्थगित वार्षिक साधारण सभा पुनः आयोजना हुने

अर्थ प्लस
राधी विद्युत कम्पनीको स्थगित वार्षिक साधारण सभा पुनः आयोजना हुने

काठमाण्डौ। राधी विद्युत कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको नयाँ मिति निर्धारण गरेको छ। कम्पनीले गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकमार्फत पुस २२ गते सभा बोलाएको थियो, तर गणपूरक संख्या नपुगेका कारण सभा स्थगित भएको थियो। त्यसै दिन बसेको अर्को बैठकले यही पुस ३० गते बुधबार बिहान ८ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, नियामक निकायको निर्देशनअनुसार प्रस्तावित संशोधनमा परिमार्जन वा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ।

त्यसैगरी, गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण) छलफल गरी पारित गरिनेछ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, साथै स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि गत पुस ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यस अनुसार, पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

सम्बन्धित समाचार